नेपालगन्जन्यूज । धेरै चरणका आन्तरिक भेला, बैठक र परामर्श पछि नेकपा माओवादी केन्द्रले बाँके र बर्दियामा आधिकारीक उम्मेदवार घोषणा गरेको छ ।
बाँकेको खजुरामा डम्बर विक तुफान, गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । यसै गरी कोहलपुर नगरपालिकामा नरेन्द्र न्यौपानेलाई मेयरको रुपमा अगाढि सारेको छ । बैजनाथ गाउँपालिकामा राजमोहन थारु, राप्ती सोनारी गाउँपालिकामा प्रदिप पट्टु चोधरी, नरैनापुरमा मेराज अहमद खाँ, डुडुवा गाउँपालिकामा भोला यादव, र जानकी गाउँपालिकामा रक्षा राम बर्मालाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रका युवा नेता तुलसीमणि केसिका अनुसार, नेपालगन्ज उपमहानगरपालिका मा एकदुइ भित्र नै उम्मेदवार घोषणा गरिने छ ।
माओवादी केन्द्रले आज बाँकेमा उम्मेदवार घोषणा तथा प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोहलपुरमा चौराहामा आयोजना गरिएको आम सभामा उसले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा पूर्व उपसभामुख पुर्णा सुवेदीको उपस्थिती रहेको थियो ।
यसैगरी बर्दियामा गुलरिया नगरपालिकामा मेयर पदमा गेहेन्द्र ढकाल र उपमेयरमा मोहन कुमारी –मिथिला) फुँयाललाई बनाउने निर्णय गरेको छ । बाँसगढी नगरपालिकामा विनाराम थारु र उपमेयरमा भूमी विक छन् ।
मधुवन नगरपालिामा गणेश केसी मेयर र शुभरानी थारु उपमेयर, राजापुर नगरपालिकाको मेयरमा दिपेश थारु र उपमेयरमा मनकला थारु रहेका छन् ।
गेरुवा गाउँपालिमा वेगराज थारु र उपाध्यक्षमा लिला थारु तथा बढैयाताल गाउँपालिकामा लल्लुराम थारु र राधा आचार्यलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र बर्दियाले जनाएको छ ।