डुडुवामा एमालेका दुई दाबेदार

बाँके, चैत्र २८ – बाँकेको डुडुवा गाउँपालिकाबाट नेकपा एमालेका तर्फबाट दुईजना प्रमुख दावेदार देखिएका छन् ।
एमाले डुडुवा गाउँपालिका कमिटीका संयोजक कप्तान पाठक र एमाले बाँके जिल्ला प्रचार विभागका सदस्य शकिल अहमद खान गाउँपालिका प्रमुखका प्रमुख दाबेदार हुन् ।

साविकका कम्दि, बनकट्टी, होलिया, बेतहनी र हिरमिनिया गाविस मिसाएर बनेको डुडुवा गाउँपालिकामा १७ हजार ६०९ मतदाता रहेका छन् ।

डुडुवा गाउँपालिकामा मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण एमाले नेताहरु प्रमुखमा मुस्लिम उम्मेद्धार उठाउने तयारीमा छन् । मुस्लिम मध्ये प्रेस चौतारी बाँकेका उपाध्यक्ष समेत रहेका खान बलियो दाबेदारका रुपमा देखिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया