निर्वाचन आयोगले बाँके जिल्ला अदालतका जिल्ला न्यायधिश तेज नारायण पौडेललाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । निजको जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिका तोकिएको छ ।
यसैगरी बर्दियामा बर्दिया जिल्ला न्यायधिश कुल प्रसाद शर्मालाई नियुक्ति गरेको छ । बाँकेमा चन्द्रप्रकाश देवकोटालाई कोहलपुर, टेक बहादुर थापालाई नरैनापुर, डालनाथ अर्याल राप्ती सोनारी, शुशील देवकोटा बैजनाथ, भुवन गिरी खजुरा लोक बहादुर हमाल डुडुवा र ऋषिराम केसिलाई जानकि गाउँपालिकाको निर्वाचन अधिकृतको नियुक्ति गरेको हो ।
मुख्य निर्वाचन अधिकृतले आगामी बैसाख ३ सम्ममा कार्र्याेलय खोलीसक्नु पर्ने तथा निर्वाचन अधिकृतले बैसाख १२ सम्म कार्यालय खोलीसक्नुपर्ने निर्णय समेत गरेको छ ।