एमालेको जिल्ला दौडाहा टोली कोहलपुरमा

स्थानीय निर्वाचनमा बाँके ‘फतह’ गर्ने उद्देश्यले जिल्ला दौडाहामा रहेको एमाले जिल्लाका शिर्ष नेता सम्मिलित टोली कोहलपुर पुगेको छ ।

कोहलपुरमा आज अगुवा कार्यकर्ता भेला गरिएको थियो । भेलामा जिल्ला अध्यक्ष अशोक कोइरालाले जनताको समस्या सुन्न उनीहरुकै घरदैलोमा आइपुगेको बताए ।

अगुवा कार्यकर्ता भेलामा सांसद दलबहादुर सुनार, उपाध्यक्ष निरक गुरुंग, सचिव रत्न खत्री लगायतका नेताहरुले बोलेका थिए ।

जिल्ला दौडाहाले पार्टि कार्यकर्तामा उर्जा थप्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया