नेपालगन्ज – दसैंको फुलपाती देखि चहलपहल कम हुँदै गएको नेपालगन्ज बजार आज देखि पुनः चहलपहलमय बनेको छ । विशेषगरी अस्टमी देखि नेपालगन्जको अधिकाशं क्षेत्र सुनसान प्रायः बनेको थियो ।
नेपालगन्ज देखि दसैं मनाउनको लागि बाहिरीनेको संख्या बढी भएकोले दसैंमा सुनसान बनेको नेपालगन्ज आज देखि सरकारी तथा अन्य कार्यालय खुलेकोले पनि चहलपहल बढेको हो ।
सरकारी तथा अन्य कार्यालय संगै दसैंमा बन्द भएका अधिकाशं ब्यापारीक प्रतिस्ठान , ठुला तथा साना पसलहरु समेत पुर्णरुपमा खुलेका छन् ।
अन्यत्र जिल्लामा दसैं मनाउन गएका आफ्नो कार्यथलो तथा अध्यनथलो नेपालगन्जमा भित्रीनेको संख्या बुधबार देखि बढेको हो भने त्यस्तै नेपालगन्ज देखि बाहिरीनेको संख्या पनि उत्तिकै छ । नेपालगन्ज देखि बाहिरिने भन्दा नेपालगन्ज भित्रिनेको संख्या धेरै रहेको जानकारहरु बताउछन् । दसैंमा समेत चहलपहल रहेको त्रिभुवन चोक बाहेक अन्यत्र दसैंमा सुनसान जस्तै बनेको थियो ।