राष्ट्रिय सहकारी महासंघमा प्रेम सुवेदी निर्वाचित

बाँकेका सहकारी अभियन्ता प्रेम सुवेदी राष्ट्रिय सहकारी महासंघको सञ्चालक निर्वाचित भएका छन् । महासंघको ३१ औं वार्षिक साधारण सभाले ओमदेवी मल्लको नेतृत्वमा निर्वाचित गरेको सञ्चालक समितिमा सुवेदी सञ्चालक भएका हुन् ।


जिल्ला सहकारी संघमा दोस्रो कार्यकाल चलाइरहेका सुवेदी लुम्बिनी प्रदेशको नेतृत्वसमेत गरिरहेका छन् । ‘नेतृत्व विकास गर्दै जिल्ला र प्रदेशमा हस्तान्तरण गर्ने हो,’ केन्द्रमा निर्वाचित भएपछि सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘धेरै काम गर्न बाँकी भएकालेनै यहाँ पुग्नु परेको हो ।’


२०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएका हुन् । २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिइन् ।


त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यस अघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन् । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेकी छिन् । पछिल्लो संशोधिन विनियम अनुसार पटक तीन उपाध्यक्ष कायम भएको हो ।


सुवेदीसँगै महासंघको नवनिर्वाचित संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन् ।


साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भए ।

प्रतिक्रिया

प्रतिक्रिया