बाँके खजुराकी युवा विद्यार्थी दिया रोकायले नेपालगन्जको सेतु बिक चोकमा ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएकी छन् ।

आइतवार मिस नेपालगन्ज २०१५ का बिजेता सुमन थापाले ‘दिया मेकअप स्टुडियो’को शुभारम्भ गरेकी हुन् । ‘मेकअपमा महिला निकै कन्सियस भइरहेका बेला यो स्टुडियोले सेवा शुभारम्भ गरेको छ,’ मिस नेपालगन्ज सुमनले भनिन्, ‘यसको व्यवसायिक विकास र विस्तार सुखद पक्ष हो ।’
सञ्चालक दिया रोकायका अनुसार, स्टूडियोमा मेकअपका सम्पूर्ण काम गरिनेछ । ‘विभिन्न उत्सव, महोत्सवहरुमा आवश्यक मेकअपमा हाम्रो टिमले सर्भिस डेलिभर गर्नेछ,’ दियाले नियमित रुपमा थ्रेडीङ्ग, फेसियल, वास, सिम्पल मेकअप, हेबी मेकअप, ब्राइडल मेकअपका साथै मेहन्दीका कामहरु स्टूडियोमा गरिने जानकारी दिंदै भनिन् ।

दियाले नियमित उपयोगका लागि आवश्यक सामान्यदेखि व्यवसायिक रुपमा ग्रहण गर्न चाहिने मेकअप सम्बन्धि तालिम पनि दिने योजना सुनाउँदै भनिन्, ‘यो स्टूडियोसँगै ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य भनेकै सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई स्कीन केयर, सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु हो ।’