वनको अध्यक्षमा टेकबहादुर पुन

वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेको अध्यक्षमा टेकबहादुर पुन चयन भएका छन् । संघको आठौ बार्षिक साधारण सभा तथा छैठौ अधिवेशनबाट पुनको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दुर्गबहादुर राना, प्रथम उपाध्यक्षमा नरेश केसी, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ, महासचिवमा विक्रम सिंह सिजापति, उपमहासचिवमा जुगलाल थारु, कोषाध्यक्षमा ओमप्रसाद शर्मा, सह–कोषाध्यक्षमा श्याम प्रसाद नेपाल निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लियाकत अलि हलवाई, रज्जुलाल तेली, दिपककुमार ढकाल, खिमबहादुर थापा, राजु तामाङ्ग, कमारो केसी चयन भए । कार्य समितिबाट मनोनित सदस्यहरुमा यज्ञ कुमारी बस्नेत, सीता राम चौधरी र गणेश शर्मा सदस्यहरुमा मनोनयन गरिएको निर्वाचन अधिकृत तिर्थराज ज्ञवालीले जानकारी दिए ।

‘संघलाई नयाँ ढंगले नयाँ उचाईमा लैजानु मेरो प्राथमिकता हुनेछ,’ अध्यक्ष पुनले दैनिक नेपालगन्जसँग भने, ‘उत्पादन वृद्धि र आयात प्रतिष्थापन राष्ट्र निर्माणको सुत्रधार– वन उद्यम र व्यवसायको विकास हरित समृद्धिको मूलधार’ भन्ने मूल नारालाई सार्थक बनाउनु पर्नेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया