बाँके युनेस्को क्लबले दियो किसानलाई पावर टिलर

बाँके जिल्लामा विपन्न र गरिबका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ ।


त्यसक्रममा जिल्लाका अति विपन्न चार वटा विपन्न किसान समूहलाई कृषि उत्पादनमा बृद्धिका लागि पावर टिलर (साना ट्याक्टर) वितरण गरेको छ । खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका किसान समूहलाई शनिवार पावर टिलर वितरण गरिएको हो ।


साना विपन्न किसानको कृषि उत्पादन बृद्धिका लागि क्लबले सञ्चालन गरेको कृषि साना ट्याक्टर सहयोग परियोजना अन्तर्गत कृषक समूहलाई पावर टिलर वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका २, खजुरा र जानकी गाउँपालिकाका एक एक किसान समूहलाई सो पावर टिलर वितरण गरिएको जानकारी दिए ।


नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किरात र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले संयुक्त रुपमा किसानलाई पावर टिलर वितरण गरे । साना र विपन्न किसानका लागि उपयोगी प्राविधिक सहयोगले आर्थिक विकासमा फलदायी सावित हुने उनीहरुको विश्वास छ ।


क्लबका प्रमुख संरक्षक सिद्दिकीले विपन्न किसानले गरेको कृषि उत्पादन बृद्धिका लागि किसान समूहलाई साना ट्याक्टर वितरण गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया