रावलको नेतृत्वमा भरोसा, करोडबढी शेयर पूँजी

व्यवसायिक क्षेत्रका अगुवाहरुले बम बहादुर रावलको अध्यक्षतामा भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरेका छन् । शुक्रबार भएको प्रारम्भिक साधारणसभाले रावलको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको हो ।

१ करोड बढी शेयरपूँजीबाट सञ्चालनमा ल्याइएको भरोसाले आगामी बर्षसम्म शेयरपूँजी ३ करोड पुर्याउने लक्ष्य

भरोसाको उपाध्यक्षमा टंक बहादुर विष्ठ, सचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष मिना कुमारी बोगटी, सदस्यमा भावना कुँवर रावल, हिमाल गैरे, कलम वली र साकेत अग्रवाल चुनिएका छन् ।

प्रारम्भिक साधारणसभाले चालु आर्थिक बर्षका लागि योजना बनाउनुका साथै विभिन्न नियम, विनियमहरु पास गरेको जनाएको छ । १ करोड बढी शेयरपूँजीबाट सञ्चालनमा ल्याइएको भरोसाले आगामी बर्षसम्म शेयरपूँजी ३ करोड पुर्याउने लक्ष्य लिएको अध्यक्ष रावलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया