मुनाफामा भृकुटी, नेतृत्वमा पुनः गजेन्द्रमान पति

कोरोना कहरबीच पनि भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लि.नाफामा जान सफल भएको जनाएको छ ।
शनिवार नेपालगन्जमा भएको संस्थाको साधारणसभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन अनुसार आ.व. २०७७÷०७८ मा ६ लाख ८५ हजार ५ रुपैया २८ पैसा खुद मुनाफा गरेको हो । यस अघिको आ.व.मा भने सहकारीले ३९ लाख ६५ हजार ७ सय १० रुपैया खुद मुनाफा गरेको थियो ।
‘विश्व सहित नेपालमा पनि कालझै फैलिएको कोभिड १९ काकारण पर्न गएको असरका कारण सहकारी सोचेजस्तो मुनाफा लिन नसकेको’ सहकारीका कार्यकारी निर्देशक हरिओम रघुवंशीले बताए ।
सहकारीले गत आ.व.को असार सम्ममा ९ करोड ६८ लाख ६४ हजार ४७ रुपैया ५० पैसा कर्जा लगानी गरेको छ । त्यस्तै ५ लाख ६३ लाख ९१ हजार १ सय ८४ कर्जा असुली गरिएको कार्यकारी निर्देशक रघुवंशीले जानकारी दिए ।

प्राध्यापक डा. जनार्दन आचार्यको प्रमुुख आथित्यतामा भएको साधारण सभामा संस्थाका अध्यक्ष गजेन्द्रमान पतिले अध्यक्षता गरेका थिए । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेपालगन्ज उ.म.नपा. वडा नं. १० का वडा अध्यक्ष विष्णुभुषण वस्नेत लगायतले बोलेका थिए ।
त्यसैबीच भएको संस्थाको साधारणसभाको बन्दसत्रले अध्यक्षमा पुनः गजेन्द्रमान पति चयन गरेको छ ।
शनिबार भएको सहकारीको १४ औं वार्षिक साधारण सभाको बन्दसत्रले पतिलाई सर्वसम्मत पुनः अध्यक्ष पदमा चयन गरेको हो । यो उनको चौथो कार्यकाल हो ।
साधारण सभाले नया“ कार्यसमितिको उपाध्यक्षमा नन्दकुमार जोशी, सचिवमा सरला विष्ट र कोषाध्यक्षमा गंगा क्षेत्री श्रेष्ठलाई सर्वसम्मत चयन गरेको निर्वाचन निर्वाचन अधिकृत अधिवक्ता लोक बहादुर शाहले जानकारी दिए ।

अधिवक्ता शाहका अनुसार, सदस्यहरुमा निरक शर्मा, राम प्रसाद मिश्रा, आशाराम डा“गी, माया शार्मा र मंगलचन्द्र शाक्य सहित ९ जनाको नया“ कार्य समितिको चयन गरिएको छ ।
साधारण सभाले तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । लेखा समिति संयोजकमा बाबुराम आ“कुरालाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समिति सदस्यहरुमा अनिता डिसी र श्री निवास अधिकारीलाई चयन गरिएको अधिवक्ता शाहले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया