बाँकेका मदिरा व्यवसायीहरुको संस्था मदिरा व्यवसायी संघ बाँकेले पुनःकर्जाको दायरामा मदिरा व्यवसायीहरुलाई समेट्न माग गर्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।
संघका अध्यक्ष मिम बहादुर सिंह ठकुरी र महासचिव यौवन कुमार पौड्यालले बिहीबार विज्ञप्ति जारी गरी कोभिड १९ का कारण प्रभावमा परेका उद्योगी, व्यवसायीहरुको पुनःउत्थानका लागि राष्ट्र बैंकले जारी गरेको पुनःकर्जा कार्यविधि २०७७ मा मदिरा व्यवसायीहरुलाई समेट्न माग गरेका हुन् ।
मदिरा व्यवसायी संघ बाँकेले पुनःकर्जाको दायरामा मदिरा व्यवसायीहरुलाई समेट्न माग गर्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो ।