खेलाडीलाई सम्मान र रोजगारी

लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा विजयी बाँकेका नौ जना आइटीएफ खेलाडीलाई गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नेपालगन्जले सम्मान र प्रोत्साहित गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्टले आइतवार नेपालगन्जस्थित आफ्नो परिसरमा खेलाी स्वागत गर्दै नगद पाँच हजारसहित सम्मान गरेको हो ।


प्रशिक्षक होमराज बिकका अनुसार, दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले मेडल जितेका थिए । २४ वटा गोल्ड मेडलका लागि भएको प्रतियोगितामा नौ वटा जित्दै बाँके जिल्ला टिम सेकेन्ड भएको थियो ।


खेलाडीलाई नगदसहित सम्मान गर्दै गार्डेन मार्टका संस्थापक अध्यक्ष केदार शर्माले खेलको विकास र खेलाडी प्रोत्साहनका लागि आफुहरुले पहल लिएको बताए । संस्थापक अध्यक्ष शर्माले बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टमा २८ जना ब्ल्याक बेल्ट खेलाडीलाई रोजगारी समेत दिइएको जानकारी दिए । रोजगारीमा चार जना प्रशिक्षक पनि जोडिएको शर्माले बताए । ‘हामी कम्तिमा २ हजार खेलाडीलाई रोजगारीमा जोड्न चाहन्छौं,’ गाउँगाउँमा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने मार्ट सञ्चालनको योजना सुनाउँदै भने, ‘आगामी दश वर्षमा गार्डेन मार्टको संख्या पाँच सय पु¥याउने छौं ।’


विभिन्न २६ जिल्लामा पुगिसकेको शिव शिखर सहकारीले गार्डेन १५ जिल्लामा सञ्चालनमा ल्याइसकेको जानकारी दिंदै अध्यक्ष शर्माले २ सय ५० जना खेलाडीलाई रोजगारी दिइसकेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया