ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.को नेतृत्वमा अनिता पौडेल निर्वाचित भएकी छन् । संस्थाको शनिबार आयोजित २०औं बार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा मेनका जोशी, कोषाध्यक्षमा अमृता सुनार निर्वाचित भए । त्यस्तै, सदस्यमा जया चन्द, सरिता शाक्य, कुमुद हमाल, लेखा संयोजक मन्दिरा पाण्डे, सुमित्रा जोशी, निरकला बि.क रहेका छन् ।
त्यसअघि अध्यक्ष सुष्मा महर्जनको अध्यक्षतामा भएको साधारणसभामा आ.व. २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कुल शेयर सदस्य ८ सय १७ जना रहेको संस्थाले आफ्नो कुल शेयर पुँजी २८ लाख १० हजार ६ सय ४२ पुर्याएको छ ।