प्रविधिको बढ्दो प्रयोग र उपयोगितासँगै ग्लोबल आइ.एम.इ. बैंकले आफ्ना सेवाग्राहीका लागि त्यसबारे साक्षरता अभियान शुरु गरेको छ ।
बैंकका पुष्पलाल चोक शाखा प्रवन्धक लोकेन्द्र भण्डारीका अनुसार, ग्लोबल आइ.एम.इ. बैंकले सात वटै प्रदेशमा प्राविधिक दक्ष विज्ञहरु पठाएर मोबाइल एप्स मार्फत घरमा प्रयोग गरिंदै आएको सेवा सुविधादेखि इन्टरनेट भुक्तानी, क्यूआर कोड लगायतका विषयमा अभिमुखिकरण गरेको हो ।
त्यसक्रममा मंगलवार नेपालगन्ज र कोहलपुरका सेवाग्राहीहरुका लागि प्रविधि ज्ञान तथा वित्तीय साक्षरता अभिमुखिकरण गरिएको छ । बंैकका केन्द्रीय डिजिटल बैंकिङ व्यवस्थापक निकिताराज भण्डारी र प्राविधिक विज्ञ निराजन श्रेष्ठले सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई डिजिटल बैकिङ्ग सम्बन्धि साक्षरता अभिमुखिकरण गराएका थिए ।
शाखा प्रवन्धक लोकेन्द्र भण्डारीका अनुसार, अभिमुखिकरणमा मोवाइलबाटै विजुलीको विल, केबलको भुक्तानी, लगायत आर्थिक करोबार गर्ने विषयमा जानकारी गराइएको थियो । पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै ग्राहकका लागी घरै बसी बसी विभिन्न आर्थिक कारोवार गर्न सकिने व्यवस्था भएकाले त्यसबारे अभिमुखिकरण गरिएको भण्डारीको भनाइ छ ।