नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।
कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज पुनः सञ्चालनमा ल्याइएकोडिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।
यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँमा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँमा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।
डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । कम्पनीका अनुसार, हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।