बजार खोज्दै नेपालगन्जमा ‘ बेसमार्क’

नयाँ नयाँ ब्राण्डले नेपालगन्जलाई पछ्याइरहँदा लेडिज वेयरहरुको ब्राण्ड बेसमार्कको विक्री केन्द्र सोमवार शुभारम्भ गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले नेपालगन्जको न्युरोडमा हङकङेली ब्राण्ड बेसमार्कको विक्री केन्द्र शुभारम्भ गरेका हुन् ।

युवा व्यवसायी ध्रुव शर्माले जुत्तादेखि टोपीसम्म सबै किसिमका लेडिज वेयर उपलब्ध रहेको जानकारी दिए । बेसमार्कको १६ औँ आउलेटको रुपमा नेपालगन्जमा विक्री केन्द्र सन्चालनमा ल्याएको जानकारी दिंदै शर्माले दैनिक नेपालगन्जसँग भने, ‘निकै माग भएकाले प्रत्येक साता नयाँ नयाँ माग अनुसारका आइटम ल्याइनेछ ।’ बेसमार्कको उत्पादनहरु अन्य भन्दा मुल्यमा सहुलियत र रोजेको डिजाइनमा उपलब्ध हुने भएकाले पनि आफुले नेपालगन्जमा सफल हुने विश्वास लिएको सञ्चालक शर्माको भनाइ छ ।

बेसमार्कले पछिल्ला वर्षहरुमा आयातमात्रै नगरेर आफै उत्पादन पनि थालेको छ । पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बेसमार्कका पारखीहरु नेपालमा पनि बढ्दै गएकोले कोरोना कालमा आफ्नै उत्पादनमा ध्यान दिएको सञ्चालक शर्माको भनाइ छ । ‘विदेशीको भर पर्नु नहुने कुरा कोभिडले सिकायो,’ शर्माले २० प्रतिशत उत्पादनमा आत्म निर्भर हुन लागिएको जानकारी दिंर्दै भने, ‘अरुभने चिन लगायत विदेशबाट सामान ल्याइन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया