
टिभिएस मोटर कम्पनीको बिएस–भिआई कम्प्लायन्स अन्तर्गत एनटिओआरक्यु टिभिएस आरटिएफआईलाई नेपालगन्जको आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबल टे«डिङमा बिक्री शुभारम्भ गरिएको छ । बिहीबार टिभिएस नेपालका ब्राण्ड एम्बेसेडर प्रदिप खड्काले ग्रेस एण्ड ग्लोबल टे«डिङमा आयोजित कार्यक्रम बीच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी सँगै बिक्री शुभारम्भ गरेका हुन् ।
ग्रेस एण्ड ग्लोबल टे«डिङका अध्यक्ष विशाल श्रेष्ठले टि.भी.एस.एनटर्क १२५ स्कुटरलाई स्कुटर पारखी माझ प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिंदै भने, ‘नेपालगन्जका युवाहरु माझ यो सेग्मेन्टले बजार लिनेमा हामी ढुक्क छौं ।’ ग्रेसका प्रबन्धक विजय चापागाईंका अनुसार, बिक्री शुभारम्भ भएकै दिन बिहीबार मात्र ९ थान स्कुटर बिक्री भएको छ भने १४ थान बुक भैसकेको छ ।
‘स्कुटर पारखीहरुको यो आकर्षणबाट हामी उत्साहित छौं’, ब्राण्ड एम्बेसेडर नायक प्रदिप खड्का मार्फत बिक्री शुभारम्भ भएको साँचो हस्तान्तरण कार्यक्रममा ग्रेस एण्ड ग्लोबलका अध्यक्ष विशाल श्रेष्ठले भने । टिभिएस एनटर्क १२५ का पाँच भेरिएन्ट नेपालगन्जबाट उपलब्ध हुने प्रबन्धक चापागाईंले जानकारी दिए ।

कार्यक्रमका क्रममा नायक खड्काले टिभिएसका फिचरहरुलाई लिएर स्कुटर पारखीसँग खुलेर अन्तरक्रिया गर्नुका साथै टिभिएसको चर्चा गरेका थिए । लन्चिङ अघि नयाँ स्कुटर सहितको राइडिङ र्याली गरिएको थियो भने बिहीबार नै कोहलपुरमा पनि स्कुटर बिक्री शुभारम्भ गरिएको थियो ।