भेरीका विरामी र कुरुवालाई दुगड ग्रुपको खाद्यान्न

कोरोना संक्रमित र बिरामीका कुरुवालाई लक्षित गरि भेरी अस्पतालमा सञ्चालित सहुलियत खानाका लागि देशकै ठुलो खाद्यान्न उद्योग, के एल दुगड ग्रुपले महिनाभरको खाद्यान्न पुर्याउने भएको छ ।
यसअघि नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा सहुलियत खाना उपलब्ध गराइएको नेकपा एमालेको सहुलियत भान्सा घरलाई दुई महिना सम्मका लागि दाल चामल उपलब्ध गराउन थालेको दुगड ग्रुपले भेरीको अन्जनी माता रसोइका लागि एक महिनासम्म दाल, चामल र गहुँको पिठो उपलब्ध गराउने घोषणा गरेका हुन् ।


नेपालगन्जमा मित्र मण्डलले भेरी अस्पतालमा आउने बिरामी तथा कुरुवा आफन्तहरुलाई एक वर्षदेखि सहुलियत खाना उपलब्ध गराइरहेको छ । दुगड ग्रुपको सहयोगसँगै मित्र मण्डलले बिहान प्रतिछाक २० रुपिया र साँझ ६० रुपियामा खाना खुवाउँदै आएकोमा दुबै छाक २० रुपियाका दरले खुवाउने निर्णय गरेको छ ।
कोहलपुरमा दुई महिनासम्म खान पुग्ने खाद्यान्न उपलब्ध गराएको दुगड ग्रुपले सहुलियत खाना कार्यक्रमका लागि भेरीमा कम्तिमा एक महिनालाई पुग्ने चामल, दाल र पिठो के एल दुगड ग्रुपले उपलब्ध गराउने ग्रुपका महाप्रवन्धक प्रदीप छाजेडले जानकारी दिए ।
कोहलपुरमा दैनिक दुई सय जनालाई बिहान र साँझ खाना खुवाउनु पर्ने अवस्थारहेपनि नेपालगन्जमा भने त्यो संख्या अत्यधिक हुने गरेको छ । मानवीय रुपमा सहुलियत खानाका लागि आवश्यक खाद्यान्न के एल दुगड ग्रुपले उपलब्ध गराउने गरि सहयोग गरिएको महाप्रवन्धक छाजेडले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया