टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको नेतृत्वमा दिपेन्द्र विष्टले निरन्तरता पाएका छन् । नेपालगन्जका युवा व्यवसायी विष्ट नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पनि हुन् ।

राजधानी काठमाडौंमा शनिवार भएको नवौं वार्षिक साधारण सभाले विष्टलाई अध्यक्षमा निरन्तता दिने निर्णय गरेको हो ।
विष्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालले जनाएको छ । जसको उपाध्यक्षमा धर्मराम वराल, सचिवमा धर्मानन्द जोशी र कोषाध्यक्षमा महेन्द्रराज तुलाधार चयन भएका छन् ।
नवनिर्वाचित सदस्यमा हेम गुरुङ, निरज गुप्ता, विजय सुवेदी, नवराज विष्ट, राजेश श्रेष्ठ, माधव प्रशाद शर्मा र चन्द्रासिंह चौधरी छन् । एशोसियसनले टेलिकम्युनिकेशन व्यवसायीहरुलाई समेटेर लैजाने र संस्थाका कमि कमजोरीलाई हल गर्दै लैजाने अध्यक्ष विष्टको भनाइ छ ।