अरुणोदयमा कार्कीको नेतृत्व

कानून ब्यवसायीहरुको सहकारी संस्था अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रह्लाद बहादुर कार्की निर्वाचित भएका छन् ।


बार भवमा भएको सस्थाको २० औ साधारणसभा तथा अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार उपाध्यक्षमा गोबिन्द चुवाई उपाध्याय, सचिवमा चित्र बहादुर शाही, कोषाध्यक्षमा मान बहादुर बुढा र सदस्यहरुमा तेज कुमार धिताल, माधव प्रसाद शर्मा र रिजवान मिर्जा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता भोला सिंह हमालले जानकारी दिए ।

यसै लेखा समितिको संयोजकमा अधिवक्ता वसन्त गौतम निर्वाचित भएका छन् । सदस्यहरुमा बिश्वजित तिवारी र भिम बहादुर कार्की रहेका छन् ।

सिद्धान्तको पालनामा जोड

बचत तथा ऋण जिल्ला सहकारी संघ बाँकेका प्रेम बहादुर शाहीले हरेक सहकारी संस्थाले सहकारीका सातै सिद्धान्तको पालना गर्नु पर्नेमा जोड दिएका छन् । अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै शाहीले प्रायजसो सहकारी सस्थाले बचत तथा ऋण प्रवाह मात्रै गरेको बताए । सहकारीमा संचालन समिति लगायत, लेखा समिति, काम गर्ने कर्मचारी लगायतको पुरा टिम पुर्ण सन्तुष्ट भएर काम गर्ने वातावरण हुनु पर्नेमा जोड दिए ।


सहकारीका सात सिद्धान्तमा खुल्ला तथा ऐच्छिक सदस्यता, सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्य र्आिर्थक सहभागिता, स्वायक्तता र स्वतन्त्रता, शिक्षा तालिम र सुचना, सहकारी सस्थाहरुका बिच सहयोग र समुदाय प्रति चासो रहेका छन् । अरुणोदय सस्थाका अध्यक्ष इश्वरी ज्ञवालीको अध्यक्षतामा र सचिव चित्र बहादुर शाहीले संचालन गरेको कार्यक्रममा कार्यक्रम कार्यक्रम समिति सदस्य वसन्त गौतम, भोला सिंह हमाल, झबिन्द्र प्रसाद पौडेल लगायतले सहकारीले उद्देश्य र निर्धारित गरेका कार्ययोजना कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।


२० औ बार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट सचिव चित्र बहादुर शाहीले बार्षिक प्रगती बिवरण प्रस्तुत गरेका थिए । संस्थाको जम्मा आम्दानी १३ लाख ३० हजार र जम्मा खर्च ११ लाख ५ हजार र खुद आम्दानी २ लाख २५ हजार रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया