हाँसो खुशी र नृत्य अनि गीत, संगीतसँगै एक सय प्रकारका खाना एकै ठाउँ

अंग्रेजी नयाँ बर्षको अवसरमा नेपालगन्जको व्यवसायिक प्रतिष्ठान मेरो प्लानेटले भोलि पौष १६ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा करिब एक सय प्रकारका स्वादिष्ट परिकार पस्किने योजना रहेको मेरो प्लानेटले जनाएको छ ।
आयोजक मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम प्रकाश मिश्राले दिएको जानकारी अनुसार, कोरोना संक्रमणको जोखिमका कारण लामो समय देखि साँस्कृतिक कार्यक्रमको मज्जा लिंदै रमाउने अबसर दिन कार्यक्रम गर्न लागिएको हो ।
साँस्कृतिक कार्यक्रममा सहभागी हुने दर्शक तथा पाहुनाहरुलाई नेपालका लोकप्रिय हाँस्य कलाकार जीतु नेपाल मुद्रे, चर्चित गायक मन्जु पौडेल र नेपालगन्जका चर्चित रेडियोकर्मी समिर श्रेष्ठले बिभिन्न प्रस्तुतिहरु मार्फत मनोरन्जन प्रदान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
‘नेपालगन्जबासीलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमको गर्न लागिएको हो,’ डा. मिश्राले भने, ‘साँस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउने उद्देश्यले जोडी र परिबारका सदस्यहरुलाई मात्रै कार्यक्रममा प्रबेश दिने ब्यबस्था मिलाइएको छ ।’ उनका अनुसार, यसै कार्यक्रममा ओम फिटनेश गु्रप डान्स र सगरमाथा डान्स गु्रपका कलाकारहरुले बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्नेछन् ।
‘साँस्कृतिक कार्यक्रमसंगै महिलाहरुको फेशन शो, बेलुन व्लाष्ट डान्स,म्युजिकल चेयर डान्स, जोडी बेलुन दौड, स्टेज परपोज लगायतका आकर्षक र मनोरन्जनले भरिपूर्ण कार्यक्रमहरु पनि संगै सञ्चालन हुने छन्,’ डा. मिश्राले भनेका छन् ।
साँस्कृतिक कार्यक्रममा बिभिन्न मिठाइका परिकार, माछा, मासु, पनिर लगायत परिकार, चाटको ब्यबस्था गरिएको छ । आयोजनास्थलमा भेज र नन भेजका सुप लगायत करिब एक सय प्रकारका स्वादिष्ट परिकारहरुको ब्यबस्था गरिएको आयोजकको भनाइ छ ।