नेपालगन्जमा विशेषज्ञ स्वास्थ्य सेवाका लागि ‘कृपा’

नेपालगन्जका चिकित्सकहरुले कृपा हस्पिटल प्रालि सञ्चालनमा ल्याएका छन् । शनिबारबाट आफ्नो सेवा सुरु कृपा युरोलोजिस्ट डा.प्रविन कुमार गुप्ता र हाडजोर्नी विशेषज्ञ डा.राहुल मिश्रको लगानीमा सञ्चालनमा ल्याइएको हो । डा गुप्ताका छोरा मारुत गुप्ता र डा मिश्रका छोरी प्रियुल मिश्रले शनिवार संयुक्त रुपमा अस्पताल शुभारम्भ गरेका हुन् ।


सञ्चालक डा. गुप्ताले अस्पतालमा जनरल सर्जरी, युरोलोजी, इन्डो युरोलोजि, अन्को सर्जरी लगायतको परामर्श सेवा सुरु गरिएको जानकारी दिंदै यसैवर्ष आइसियु, ओटी सञ्चालनमा ल्याउने बताए । हाडजोर्नी समस्याको विशेषज्ञ सेवा समेत अस्पतालमा सुरु गरिएको जानकारी दिंदै डा. गुप्ताले भने, ‘ओपीडी, ल्याब सेवा र फार्मेसी सेवा सुरु गरेको अस्पतालले अबको छ महिना भित्र सर्जरी सेवा समेत सुरु गर्ने लक्ष्य छ ।’
क्रमशः लगानी थप्दै नेपालगन्जमा स्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने अस्पतालका रुपमा स्तरोन्नती गरिने डा. गुप्ताको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया