सेवा गुणस्तर थप्दै सुविसु

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले सेवामा गुणस्तर विस्तार गर्दै गएको जनाएको छ ।


नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति 5 GHz Dual Band Router सहितको सेवा प्रस्तुत गरेको हो । यस अघि 2.4 GHz सेवा दिदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ 5G सेवा सुरु गरेको सुविसुले जनाएको छ ।
सुविसुले प्रेस विज्ञप्ति जारी गरि दिएको जानकारी अनुसार, इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले 5GHz Dual Band Router सहितको सेवा सुरु गरेको हो । 5GHzको प्रयोगले इन्टरनेट सेवाप्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउनेछ ।
ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया