‘एप’ बाटै सिद्धार्थका सेवा

कोरोनाले प्रविधिको उपयोगिता बढाएको छ । त्यसको पछिल्लो उदाहरण बनेको छ, सिद्धार्थको एप । हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको हो ।

सिद्धार्थले एपबाट खानाका विभिन्न परिकार अर्डर गर्ने देखि होेटलका कोठाहरु बुक गर्न सकिने व्यवस्था मिलाएको हो


सिद्धार्थले देशैभरिका सबै शाखामा मोवाइल एपबाट खाना अर्डर लिने व्यवस्था मिलाइएको जनाएको छ । काठमाडौं देखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोडसम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको सिद्धार्थले एपबाट खानाका विभिन्न परिकार अर्डर गर्ने देखि होेटलका कोठाहरु बुक गर्न सकिने व्यवस्था मिलाएको हो । ‘अनलाइनबाटै संसारभरि जहाँबाट बिलको पैंसा तिर्न सकिनेछ,’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यापानेले भने, ‘विदेशमा बस्नुहुनेले नेपालमा रहनुभएका परिवार, आफन्त र साथीहरुलाई विभिन्न अवसरमा हाम्रो सेवा प्रयोग गरी विभिन्न उपहारहरु दिन सक्नु हुनेछ ।’ उनका अनुसार, उक्त सेवाप्रयोग गरे वापतखल्ती, इ–सेवा, भिसा र मास्टर कार्डको प्रयोग गरी स्वदेश तथाविदेशबाट भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया