नेपालगन्जमैं चट्कारेका ४० थरि मिठाइ

स्तरिय मिठाइ नेपालगन्जमैं विक्री उपलब्ध गराउने गरि हुने गरि ठुलो लगानीमा चट्कारे स्वीट्सले सेवा शुभारम्भ गरेको छ ।


नेपालगन्जमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइहरुको उत्पादन गरेर विक्रीका लागि मेरो प्लानेट कम्पनीले चट्कारे स्वीट्स एण्ड बेकरी सञ्चालनमा ल्याएको हो । सोमवारबाट शुभारम्भ भएको चटकारे स्वीट्समा राजस्थानको घेवर, पंजाबको डोडा बरफी, कोलकत्ताको सन्देश मिठाई, अमृतसरी छोला भटुरा लगायत नेपालगन्जमा पहिलो पटक उपलब्ध गराइने सञ्चालक पशुपति दयाल मिश्रले जानकारी दिए ।
विभिन्न किसिमका आइसक्रिमहरुबाट बनाइएका मिल्कशेकदेखि मिठाइसम्मका परिकार यसअघि नेपालगन्जमा उपलब्ध नभएका परिकारहरु उपलब्ध गराउने योजना हो, प्रबन्ध निर्देशक डा. ओम मिश्राले मिठाइ शुरु भइसकेको र केही दिनमा बेकरी आइटम सञ्चालनमा ल्याइने जानकारी दिंदै भने । नेपाल र भारतीय सीमावर्ति सहरका मिठाई पारखीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर पहिलो पटक यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइको उत्पादन शुरु गरिएको डा. मिश्रको भनाइ छ ।
राम्रो मिठाइका लागि भारतको लखनउ जानु पर्ने बाध्यता हटिसकेको छैन । कोरोनाका कारण भारतीय सीमाना बन्द रहेकोले नेपालगन्जमंै त्यसै गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन र विक्री शुरु गरिएको जानकारी दिंदै डा. मिश्रले भने, अब त्यो स्वादका लागि लखनउ जानै पर्दैन ।
प्रबन्ध निर्देशक डा. मिश्राले भारतको दिल्ली, कोलकत्ता,चेन्नई, सिंगापुर र दुबईका विभिन्न रेष्टुरेण्ट तथा तारे होटलमा लामो समय काम गरेर अनुभवि शेफलाई नेपालगन्ज निम्त्याएको बताए । स्वच्छताको सबै मापदण्ड पुरा गरेर अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइ, बेकरी र खाजाका परिकारहरु तयार गरिरहेको जानकारी दिंदै मिश्रले भने, यो नयाँ प्रयोग पनि हो । शुभारम्भमा सहुलियतका साथ स्वाद विक्री गरिने चट्कारेले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया