कोरोना अस्पताललाई उद्योग वाणिज्य संघको साथ

भेरीमा कोरोना विशेषका लागि नेपालगन्ज उद्योग वाणिज्य सघले ५ लाख ५१ हजार हस्तान्तरण गरेको हो ।


भेरी अस्पतालमा निर्माण भइरहेको कोरोना बिशेष अस्पतालका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले ५ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
संघले मंगलवार एक औपचारिक कार्यक्रमबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कोरोना बिशेष अस्पताल व्यवस्थापन समितिका संयोजक डा.श्यामसुन्दर यादव, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा र जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक राम बहादुर कुरुम्बाङ्गलाई संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले चेक हस्तान्तरण गरेक हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक हातेमालो गरेको अध्यक्ष मन्सुरीको भनाइ थियो । कोभिड संकट समाधानका लागि बाँकेका निजीक्षेत्र सक्रियतापूर्वक लागेको जनाउ दिंदै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने प्रतिबद्धता जनाए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको पनि त्यसैमा हौसिने अवस्था नरहेको टिप्पणी गरे । उनले सचेत रहन सबैलाई आग्रह पनि गरे ।
बाँकेमा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम राना, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका पदाधिकारी, एशोसिएट सदस्य एवं कार्यसमिति सदस्यको सहभागिता रहेको कार्यक्रममा कोरोनाको जोखिमबारे पनि चर्चा गरिएको थियो ।
संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार, कोभिड बिशेषमा यसअघि पनि संघले बिभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ । संघको आफ्नै कोष र उद्योगी व्यवसायीहरुसँग संकलित सहयोग हस्तान्तरण गरिएको हो, महासचिव ओलीले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया