कोरोना कहरले भोकमरिको थलामा परेका नेपालगन्ज—२० मनिकापुर गायत्रीनगर बसोबासरत सुकुम्वासी/भूमीहिनलाई राहत वितरण गरिएको छ । नेवा साइक्लीङ नेपालगन्ज परिवारले मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई खाना खान समेत समस्या परिरहेका बेला राहत बितरण गरेको हो ।

निरन्तरको लकडाउनले दैनिक खाना खान समेत समस्या परेको समाचारहरु सार्वजनिक भएपछि आज ९० घरपरिवारलाई राहत दिइएको अभियन्ता निरन्जन राजभण्डारीले जानकारी दिए । राहत अन्तगर्त २० केजी चामल, एक पोका तेल, एक प्याकेट सोयाविन, एक प्याकेट नुन, एक प्याकेट चना रहेको छ । दिनभर काम गरेर साँझपख जोहो गर्ने मध्ये अधिकांस अपांङग, असक्त, एकल महिला परिवार रहेका छन् ।
नेवा साइक्लीङ अध्यक्ष चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज १२ निवासी टेक बहादुर पुनको संयोजनमा उपलब्ध राहत वितरण गरिएको हो । अष्ट्रेलिया निवासी सुवास श्रेष्ठ र श्रीमती डेलीआना श्रेष्ठले उक्त राहत सहयोग गरेका हुन् ।