सिद्धार्थ बिजनेश ग्रुप २२ औं बर्ष प्रवेश मनाउँदै

काठमान्डौ माघ २३ । सिद्धार्थ ग्रुपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ बर्ष पुरा भएकोे छ । बार्षिक उत्सबका अबसरमा सिद्धार्थ ग्रुपका देशैभर रहेका शाखाहरु गेष्टहरुलाई केक खुबाएर स्बागत गरेका छन् ।

ग्रुपका देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, अनाथ गृहमा बस्दै आएका बालबालिकाहरुलाई खाद्य सामाग्री बितरण, सरसफाई कार्यक्रम गरेर बार्षिक उत्सब मनाइरहेको छ ।


त्यसै गरी गुल्मीको तम्धास स्थित रेसुङा क्याम्पसका छात्रालाई लक्षित गरेर सेनेटरी प्याड मेसिन उपलब्ध गराउदै छ । कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल , रिसोट, टे«ड, क्याफे , इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २५ वटा शाखाहरु रहेका छन ।


सिद्धार्थ ग्रुपले पश्चिममा महेन्द्रनगर र झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको छ ।
सिद्धार्थ ग्रुपले झापाको बिर्तामोडमा निकट भबिश्य मै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।


२२ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले ग्रुपले बार्षिक उत्सकका दिन माघ २३ गते देखि माघ मसान्त सम्म सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छन । बार्षिक उत्सब कै अबसरमा ग्रुपले आफ्ना शाखाहरुबाट थप गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया