उद्योग वाणिज्य संघको निर्वाचन एक समिक्षा

सतिश निरौला

नयाँ नेतृत्व छनौट गर्नेगरी हुन लागेको आसन्न नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावले नेपालगन्ज पुसको जाडोमा पनि तातिएको । आफ्ना – आफ्नो एजेन्डा सहित दुई समुहमा ब्यापारीहरु चुनावी मैदानमा उत्रीरहेका बेला अब नेपालगन्जको ब्यापारीहरुको नेतृत्वले कसरी संघ लाई अगाडि बढाउछ हेर्न बाकी नै छ।

समाबेशी समुहको चुनावी टिम घोषणा भैसकेको अवस्था नेतृत्वमा देखिएका प्रत्यासिहरुको अनुहार केही आशालाग्दो देखिन्छ ।

संघमा सदस्य का रूपमा २०६३ सालमा नै चुनाव जिति १३ बर्ष लामो व्यावसायिक नेतृत्व को अनुभव सङ्गालेका युवा अध्यक्ष का प्रत्यासी अब्दुल वाहिद मन्सुरी प्रती धेरै ब्यबसायिहरुले आशा र चासो जताएका छन् भने उनको टिम मा दुई उपाध्यक्ष का प्रत्यासिका रूपमा उभिएका ज्ञानेन्द्र श्रेष्ठ र आदेश कुमार अग्रवाल परिपक्व र नेपालगन्ज को ब्यापार, ब्यबसाय लामो अनुभव सङ्गालेका उमेद्वार हुन्, समाबेशी टिममा उर्जावान युवाहरू को प्रतिनिधित्व गर्दै बिजय भन्डारी ( बासु), चिरञ्जीवी वलि, हरिलाल न्यौपाने, जहाँगिर मुसलमान लगायत उम्मेद्बारी ले यो टिम परिपक्व, युवा नेतृत्व, समाबेशी अनि अनुभवी देखिन्छ ।

तर, जिल्लामा नै नेपालगन्ज पछिको दोस्रो पुरानो बजार का रूपमा रहेको सिङ्गो खजुरा क्षेत्र को प्रतिनिधित्व हुन नसकेको देखियो, सन्ख्यात्मक रूपमा कम मतदाता भएकै कारण खजुराको प्रतिनिधित्व हुननसकेको खजुरा जसले बाके जिल्ला लाई नै राजनीतिक रूपमा अगुवाई गर्ने क्षमता राख्छ र भौगोलिक रूपमा पनि खजुरा क्षेत्र बाके जिल्ला को महत्त्वपूर्ण भूगोल हो यसको यश समाबेशी टिम मा प्रतिनिधित्व भएको भए समाबेशी समुह अझै बलियो देखिन्थ्यो यधपी लामो समय खजुरा बजारमा नै किराना ब्यबसाय गरि नेपालगन्ज सरेका अध्यक्ष का प्रत्यासी अब्दुल वाहिद मन्सुरिले खजुराको पुरानो ब्यबसायिक सम्बन्ध को फाइदा समाबेशी समुह लाई दिलाउन सक्छन् ।

खुल्ला बोर्डरमा देखिएको समस्या, ब्यबस्थित बजारिकरण अनि बहुउद्देश्यीय सभा हल, व्यावसायिक हक-हित का मुद्दा नै यो निर्वाचनका मुख्य एजेन्डा हुनसक्छन् । यो निर्वाचन भन्दा अगाडि अलग – अलग दुई समुह मा बाडिएका ब्यबसायिको बलियो गठजोडले यसपटकको निर्वाचन मा अब्दुल वाहिद मन्सुरी नेतृत्व को समाबेशी समुह निकै नै शक्तिशाली देखा परेको छ।

प्रतिक्रिया

प्रतिक्रिया