‘उपभोक्ता सचेत भए अधिकार संरक्षण’ १ सय ५७ पटक बजार अनुगमन


नेपालगन्ज – उपभोक्ता सचेत भए उपभोक्ता अधिकार संरक्षणमा सघाउ पुग्ने कोहलपुर नगरपालिकाका उपप्रमुख एवं नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिकी संयोजक सन्जु कुमारी चौधरीले बताएकी छन् ।

नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले नगरपालिकाले गरेको बजार अनुगमन र उपभोक्ता सचेतिकरण कार्यक्रममा कारण उपभोक्ता जागरण बढेको र उजुरी गर्ने प्रबृत्ति बढेको बताइन् ।

बाँकेका ८ वटा स्थानीय तहमा सर्वप्रथम कानून बनाएर उपभोक्ता हित संरक्षणमा लागेको कोहलपुर नगरपालिकाले नियमित रुपमा बजार अनुगमन गरेको र जसका कारण बजारको बेतिथि र अनियमिता रोक्नमा मद्दत पुगेको समितिका सदस्य डिल बहादुर परियारले बताए ।
समितिको बैठकले समितिले हालसम्म गरेका कार्यको समिक्षा गर्नुका साथै उपभोक्ता हित संरक्षणका लागी भावी दिनमा गर्नु पर्ने कार्यहरुको बारेमा छलफल भएको थियो ।

हाल सम्म बजार अनुगमन समितिले १ सय ५७ पटक बजार अनुगमन गरेको र जसका कारण अब्यवस्थित बजारमा सुधारमा मद्दत पुगेको समितिका सदस्य सचिव धन बहादुर खत्रीले जानकारी दिए । बजार अनुगमन समितिले १२ वटा मासु तथा फ्रेस हाउसको अवैध सामान जफत गरेको, जय श्रीराम स्टोर्श कोहलपुरबाट म्याद नाघेका डेढलाख बरावरको अबैध सामान नष्ट गरिएको, गत भाद्र २८ गते भट्टराई जनरल स्टोर्श र कोहलपुर मदनचोक स्थित एक पसलको म्याद नाघेका र अबैध करिव एक लाख बरावरको खाद्यान्न सामाग्री जफत गरि नष्ट गरिएको खत्रीले बताए ।

समितिकी संयोजक एवं नगरपालिकाकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीको अध्यक्षता भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख महेश कुमार पौडेल, नगरपालिकाका आर्थिक समिति संयोजक डिल बहादुर परियार, नगरपालिकाका आर्थिक बिकाश शाखाका अधिकृत धन बहादु खत्री, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरिक्षक नेत्रा बोगटी, बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका नेपालगंज प्रमुख कृष्ण पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम र जिल्ला सचिव प्रभात कुमार ठकुरी सहभागी थिए । समितिले बजार अनुगमनको कार्यलाई नियमति गर्ने र खाद्य बस्तु दुध डेरी र बनस्पति ध्यू, तेल, एग्रो भेट, मेडिकल कस्मेटिक पसल समेतको अनुगमन गर्ने निर्णय गरेको जनाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चकमा केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले उपभोक्ता जागरण र उपभोक्ता हित संरक्षणका लागि समितिले ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए । अनुगमन नाम मात्रको नभै प्रभावकारी हुनु पर्नेमा जोड दिदै गौतमले उपभोक्ता हित बिपरित काम गर्ने जो सुकैलाई कानूनको दायरामा ल्याउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया