प्रदेश र जिल्लामा समिति

नेपालगन्ज – पर्यटन बर्ष सन् २०२० लाई सफल पार्न र कार्ययोजना बनाएर अवलम्वनका लागि प्रदेश नं. ५ र बाँकेमा जिल्ला स्तरीय समिति बनाइएको छ । प्रदेश नं. ५ को समिति बनेपछि अर्को बैठक बसेको छैन ।


बाँकेमा शनिबार पर्यटन बर्षलाई केन्द्रित गरेर जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा २१ सदस्यीय समिति बनाइएको छ । पर्यटन बर्षका लागि प्रवद्र्धन महत्वपूर्ण हुन्छ । तर, जिल्लामा समिति बनाउँदा यहाँका सञ्चारमाध्यमलाई जानकारी नै दिइएन । पर्यटन बर्ष सुरु हुन दुई महिना बाँकी रहेका बेला समितिले बाँकेका पर्यटकीय स्थल प्रवद्र्धनका लागि प्रस्ताव गर्ने बताइन्छ ।

‘पर्यटन बर्षका लागि केन्द्रको निर्देशन बमोजिम औपचारिकता दिनमात्रै समिति बनाएको जस्तो देखिन्छ’, व्यवसायीहरु नै भन्छन् ।
भ्रमण बर्ष सन् २०२० का लागि बनाइएको समितिमा बाँकेबाट चार जनाले प्रतिनिधित्व गर्छन् । ‘आगामी बैठकमा जिल्लामा रहेको पर्यटकीय स्थलको प्रवद्र्धनको ठोस योजना प्रस्ताव गर्दैछौं’, समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘बाँकेका पर्यटकीय स्थलको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’


सरकारले जिल्ला तथा प्रदेश समितिलाई प्रवद्र्धनका लागि बजेट भने उपलब्ध गराएको छैन । ‘सरकारले पर्यटक भित्र्याउछौं, जिल्लामा भित्र्याउने जिम्मा तपाईको भनेको छ’, समितिका सदस्य भन्छन् ।
बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज लगायत पर्यटकलाई आकर्षण गर्न सक्छन् । ‘बागेश्वरी मन्दिरको प्रवद्र्धन गर्न सक्ने हो भने मात्रै ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ’, पर्यटन भ्रमण बर्ष २०२० प्रदेश ५ समितिका सदस्य समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ भन्छन्, ‘तर, त्यसका लागि बजेट र तयार भने भएको छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया