पशुपती – फोक्सुन्डो बुलेट राईड

बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाण्डौका पशुपती देखी नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो सम्म बुलेट मोटरबाईक यात्रा गरीएको छ ।

कर्णालीको पर्यटन प्रवर्द्धनमा र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका छन । काठमाडौबाट डोल्पाको दुनै सम्म बुलेट रयाली पुग्ने भएको हो। शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट रयाली एक साता लगाएर डोल्पाको फुक्सोन्डो तालसम्म पुग्ने छ। शुत्रबार बिहान पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरेका हुन। विदाई गदै पर्यटन राज्यमन्त्री बुढाले भने नेपाल सरकारले मनाउ गईसरकेको भिजीट नेपाल २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए । उनले भने कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो । जब सम्म कर्णालीको पर्यटन क्षेत्रहरुमा पर्यटकको रोजाईम पर्न सक्दैन तबसम्म कर्णालीको विकासले गती लिन गाह्रो हुने बताए । उनलेभने यस्का लागी सबै तह तप्काबाट लाग्नु पर्ने बताए । काठमाडौंबाट हिडेको राईडरको टोली पहिलो दिनदाङ, दोस्रो जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ ।

त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले बताए। मोटरसाईकल र्‍यालीमा बाह्र ओटा मोटरसाईकल रहेका छन। नेपालको पर्यटन प्रवर्द्धनका लागी नासा क्लवले भरखरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो। यस अघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो। प्रत्येक वर्ष नासाले यसरीनै बुलेट राईड गर्दै आएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा नासाले उल्लेखीय भुमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।

शुक्रबार बिहान काठमाडौंबाट डोल्पा हिडेको राईडरलाई सुभकामना दिदै बुढाले पहिलो पटक यसरी डोल्पामा बुलेट राईड भएको भन्दै खुशी समेत ब्यक्त गरे। जब सम्म केन्द्रिय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य स्थलहरु सम्म सडक संजालबाट जोड्न सकिदैन तब सम्म कर्णालीको पर्यटनल गती लिन गाह्रो हुने भएकाले पशुपती देखि फोकसुण्डो सम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए । मोटरसाइृकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परमर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहका एव ज्योतिविकास बैकका प्रमृख कार्यकारी अधिकृत सिए मनोज ज्ञवली, मनघरी फाउण्डेशन सल्लाहकार डा रविन खड्का , समाजसेवी एव डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्य, ठुलीभेरी नगरपालीकाका उप प्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जग बहादुर बुढा, पर्यटन ब्यबसायी जितेन्द्र झाक्री ले खादा ओढाएर विदाई गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया