आज राप्तीसोनारी वडा नँ ४ धामपुर सवस्टेशनमा बत्ती बालिइकोछ । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले स्विच अन गरि उद्घघाटन गरेकाहुन । बिगत १२ बर्ष देखि बिद्धुतको काम अगाडी बढ्न नसक्दा जनताले सास्ती खेप्नु परेको छ ।
लामो प्रतिक्षामा रहेका जनताको घरघरमा बत्ति जोड्ने काम आज बाट खुलेकोछ । बिद्धुत प्राधिकरण क्षेत्रिय कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरले जनता बिद्धुत प्राधिकरण मार्फत बत्ती बाल्न चाहेमा २ महिना भीत्र सबैको घरमा बत्ती पुर्याउन सकिन्छ तर सामुदायिक उपभोक्ता समितिले हामि लाइ लिखित रुपमा आग्रह गर्नु पर्ने बताउदै सामुदायिक उपभोक्ता समिताका कारणले मात्र ढीला हुने बताएकाछन ।

उद्घघाटन कार्यक्रममा सहभागी भएका अधीकाँस उपभोक्ताहरुले सामुदायिक उपभोक्ता समिति लाइ खारेज गरि बिद्धुत प्राधिकरण आफैले काम थाल्नुपर्ने बताउदै आफुहरु सामुदायिक समिति बाट काम गर्दा निकै ढिला हुने भएकाले त्यसलाइ तोडी प्राधिकरण मार्फत जान चाहेको बताएका थीए । बघौडा क्षेत्रको बिद्धधुतिकरण पुरा गर्न सक्रियताका साथ लागेका साँसद अथकले उद्घघाटन गर्न गएका बिद्धधुतका कर्मचारीहरु लाइ आफैले खादा ओढाइ सम्मान गर्दै धन्यवाद दिएका थीए ।
उनले राप्तीपारीको बिद्धुतीकरण पहिला ठेकेदारको लापरवाहीका कारण ढीला भएको थीयो र अहिले सामुदायिक उपभोक्ता समितिका कातण ढीलो हुने बताउदै जनताले छिट्टै निर्णय लिनुपर्ने जनाए । कार्यक्रममा राप्तीसोनारी गापा अध्यक्ष लाहुराम थारुले सामुदायिक उपभोक्ता समिति लाइ आफुले खारेज गर्न सक्नर ताकत नभएकाले गार्हो परेको बताउदै बत्तीको बिस्तारका लागि जुनसुकै मुल्य चुकाउन तयार रहेक बताए । कार्यक्रममा सँबिधान शभा सदस्य देबराज भार पट्टु थारु लगायत स्थानिय बासीन्दाहरुको सहभागिता रहेको थीयो ।