तोकियो धानको मूल्य

यसबर्षका लागि सरकारले धानको न्यूनमत समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत मंगलबार भएको बैठकले धानको समर्थन मूल्य तोकेको हो ।
जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।
गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४६० रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया

प्रतिक्रिया