नेपालगन्ज
नेपाल औषधी व्यवसायी संघ बाँकेको नयाँ कार्य समितिले बुधवार सपथ तथा पदभार ग्रहण गरेको छ । हालै निर्वाचित नयाँ कार्य समितिले सपथ तथा पदभार ग्रहण गरेको हो । संघका भेरी अञ्चल समितिका अध्यक्ष अभय कुमार वस्नेतले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।
नेपाल औषधी व्यवसायी संघ भेरी अञ्चलका अध्यक्ष अभय कुमार वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अधिबक्ता तथा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लोक बहादुर शाह लगायतको सहभागिता रहेको थिायो ।
नेपाल औषधी व्यवसायी संघ भेरी अञ्चलका अध्यक्ष अभय कुमार वस्नेतले नयाँ कार्य समितिले औषधी व्यवसायीको हकहितका साथै गुणस्तरिय औषधीमा जोडदिएर काम गर्नुपर्ने बताएका थिए । औषधी ब्यवसायीको हक हितका लागि सबै एकताबद्ध भएर काम गर्नुपर्ने बताउदै निर्वाचनबाट पराजित भएकालाई समेत समेटेर लिनुपर्नेमा वस्नेतको जोड थियो । समितिका नव निर्वाचित अध्यक्ष वसन्त शर्माले आफनो नाम, थर, धर्म र काम औषधि भएको बताउँदै औषधि बाहेक अरु विषयमा ध्यान नदिए काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नव निर्वाचित सचिव जिवन शर्माले गरेका थिए ।