नेपालगन्ज – महिन्द्रा गाडीहरुका लागि अग्नि ग्रुपसँगको साझेदारीमा गनापुर अटो वर्क्स सर्भिस सेन्टरले नेपालगन्जमा नयाँ सेवा सेन्टर सञ्चालनमा ल्याएको छ ।
अग्नि ग्रुपको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेताका रुपमा गनापुर अटो वर्क्स सर्भिस सेन्टरले महिन्द्रा गाडीहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट सेवा सञ्चालनमा ल्याएको हो ।
गनापुर अटो वर्क्स सर्भिस सेन्टरले सञ्चालन गरेको महिन्द्राको आधिकारिक बिक्री कक्षको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, अग्निका स्पेयर पार्टस् म्यानेजर सन्तोष सुवेदी र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पार्थ भुसालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
भुसाल इन्टरनेशनलका प्रवन्ध निर्देशक समेत रहेका भुसालले नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वर्क्स सर्भिस सेन्टरका विक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने जानकारी दिए । ‘आगामी दिनहरुमा कम्पनी एवं ग्राहकबीचको सम्बन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ,’ गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रवन्ध निर्देशक पार्थ भुसालले दैनिक नेपालगन्जसँग भने ।