नेपालगन्ज- जिल्लामा एकपछि अर्को कफि शपहरु खुल्ने क्रम जारी छ । नेपालगन्जमा कफि पारखी बढे संगै जनशक्तिको आवश्यकतालाई मध्य नजर गरी टुइस्टले हस्पिटालिटिले कफि बनाउन सिकाउने एकेडेमी सञ्चालन गरेको छ ।
टुइस्ट स्कुल अफ वरिष्टाको नामले नेपालगन्जमा राम्रो कफि हनाउने जनशक्ति उत्पादन गर्ने गरि स्कुल संचालन गरेको संचालक सन्जय श्रेष्ठले बताउँछन् । ‘नेपालगन्जमा हस्पिटालिटिको क्षेत्रमा दक्ष जनशक्तिको खाँचो धेरै देखिएको छ’, श्रेष्ठले भने, ‘त्यसैले राम्रो जनशक्ति उत्पादन हुने र रोजगारि पनि पाउने भएकाले कपी बनाउन सिकाउन लागेका हौं ।’
नेपालगन्जमा हाल क्याफे र होटेल रेस्टुरेन्टहरुको संख्या बढिरहेको अवस्थामा एकेडेमीमा तालिम पश्चात रोजगारीको अवसर सजिलै प्राप्त गर्न सकिने र रोजगारको समेत सृजना हुने स्कुलका संचालिका तुलसा थापा बताउँछिन् । टुइस्ट स्कुल अफ वरिष्टामा कफि बताउन सिक्नका लागि बिद्यार्थीले एक महिने कोर्स लिनुपर्ने छ ।