नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जको एउटा निर्माण सम्बन्धी टेण्डर दाखिला गर्न अवरोध गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टेण्डर दर्ताको अन्तिम दिन टेण्डर च्यातिएपछि विवाद सुरु भएको थियो । त्यसक्रममा टेण्डर फाराम समेत च्यातिएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले टेण्डर च्यात्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् । निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेण्डरको दर्ता गर्ने क्रममा एक समुह निकुञ्ज भित्र पसेर टेण्डर फारम च्यातेको थियो ।
५० लाखको दुई वटा पोष्ट भवन र १९ लाखको पर्खाल निर्माणका लागि टेण्डर खुलाईएकोमा ८ वटा टेण्डर दर्ता भए पनि अन्य टेण्डर च्यातिएको बताइएको छ ।
टेण्डर फाराम च्यातिएपछि निकुञ्ज प्रशासनले सबै टेण्डर बदर गरी नियमानुसार गर्ने जानकारी दिएको छ ।
‘विवाद केहो र किन टेण्डर च्यातिए भन्ने विषयमा अनुसन्धान भैरहेको छ’, इलाका प्रहरी कार्यालय कोहलपरका प्रमुख शाहीले भने ।