नेपालगन्ज – नेपालगन्जको होटल द ग्यालेक्सी दरबार प्रालीले जिकेएफसी रेष्टुरेन्टको सुरुआत गरेको छ । विश्वकै चर्चित ब्रान्ड केएफसीको स्वादको झल्को दिने गरी नेपालगन्जमा पहिलो पटक जिकेएफसीको सुरुआत गरिएको होटल द ग्यालेक्सी दरबार प्रालीका अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भयो ।
सोमबार प्रदेश नम्बर ५ सभासद कृष्णा केसी ‘नमुना’ र नेपालगन्ज उपमहानगर पालिका मेयर डा. धवल शमसेर राणाले संयुक्त रुपमा जिकेएफसी रेष्टुरेन्टको रिवन काटेर सुरुआत गर्नु भयो । करिब २ करोड लगानमा संचालनमा आएको रेष्टुरेन्टमा अमेरिकन प्रविधिको प्रयोग गरिएको छ ।
नेपालगन्जका उपभोक्ता र पश्चिम नेपाल गुम्न आउने पर्यटकलाई जिकेएफसीले नयाँ र गुणस्तरीय स्वादमा सेवा उपलब्ध गराउने लक्ष्य सहित जिकेएफसीको सुरुआत गरिएको होटल द ग्यालेक्सी दरबार प्रालीका अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भयो ।
नेपालमा केएफसीलाई मासु उपलब्ध गराउदै आएको काठमाडौको भ्याली कोल्ड स्टोरले नै नेपालगन्जको जिकेएफसीलाई मासु उपलब्ध गराउने गरेको छ । रेष्टुरेन्टमा हलाल सर्टिफाई मासुको प्रयोग गर्ने गरेको बताइएको छ ।
अमेरिकन प्रविधिको प्रयोगले उपभोक्तालाई केएफसी र विश्वका अन्य चर्चित ब्रान्डको झल्को दिने गरी सेवा उपलब्ध गराउने तयारी गरेको रेस्टुरेन्ट सन्चालक तथा होटल द ग्यालेक्सी दरबारका प्रवन्ध निर्देशक प्रशान्त लामीछाने जानकारी दिनुभयो । सभासद केसीले
जिकेएफसीको सुरुआतले नेपालगन्जमा होटेल व्यावसाय फस्टाउँदै गएको संकेत गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘मलाई खुसी लागेको छ । नेपालगन्जमा सुविधा र नयाँ स्वाद र प्रविधिको प्रयोग गरेर रेष्टुरेन्ट खुल्दै गएका छन । यसले नेपालगन्जको आर्थिक विकास, होटल व्यावसायलाई सहयोग गर्नेछ । नेपालगन्जमा नयाँ ब्यापार र व्यावसायको सम्भावनालाई पनि बढाएको छ ।’
मेयर डा.धवल शम्शेर राणाले जिकेएफसीको सुरुआतले नेपालगन्जलाई महानगरपालिका बनाउने सपनामा सहयोग पुगेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालगन्जमा जति नयाँ सेवा र सुविधाहरु थपिन्छन । त्यसले सहरको गरिमा बढाउँछ । एउटा समृद्ध सहर हुने सुविधा नेपालगन्जमा सुरुआत भएको छ । यसमा नगरबासीले खुसी मान्नु पर्छ । यसले आफनो गुणस्तरीय सेवा दिएर ग्राहकको मन जित्न सकोस शुभकामना ।’
नेपालगन्जको सुर्खेतरोडस्थित धम्वोझीमा रहेको रेष्टुरेन्टले हलाल चिकेन, विश्वमै चर्चित वास्किना रविन्सो आइसक्रिम र इलि कफि लगायत नयाँ नयाँ व्रान्डका भेज तथा ननभेज परीकारको स्वाद नेपालगन्जका सेवाग्राहिलाई पहिलो पटक दिन लागेको रेस्टुरेन्ट सन्चालक तथा प्रवन्ध निर्देशक प्रशान्त लामीछाने बताउनु भयो ।
उहाँले नेपालगन्जमा मासुका पारखीहरुलाई लक्षित गर्दै रेष्टुरेन्ट सन्चालनमा ल्याएकोे वताउदै अन्तराष्ट्रियस्तरको केएफसी व्रान्डका सवै परीकार अव नेपालगन्जमै उपलव्ध हुने वताउनुभएको छ ।