खगेन्द्र दाहाल/नेपालगन्ज : बाँकेका किसानहरुले लगाएको धानबालिमा फौजि किराको प्रकोप बढे पछि किसान चिन्तित बनेका छन् । पसाएको र पसाउन लागेको धानबालिमा फौजि किराको प्रकोप तिव्र गतिमा बढेपछि बाँकेका किसान मर्कामा परेका छन् ।
बाँकेमा ३ सय हेक्टर क्षेत्रफलमा सबै धन्दा बढि फौजि किराले क्षति पुगाएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । ज्ञान केन्द्रका अनुसार ८ हेक्टर क्षेत्रफल सम्म फौजि किरा फैलिसकेको र क्षति पु¥याइरहेको छ । बाँकेको राप्ती सोनारी गाउँ पालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ मा डुडुवा गाउँपालिकाको ४, ५ र ६ नम्बर वडामा र नेपालगन्ज उप महानगरपालिकाको १९ नम्बर वडामा फौजि किराले धान काटेर नोक्सानि पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताएका छन् ।
बाँके सगै बर्दियाका केहि स्थानमा पनि फौजि किराले धानमा नोक्सानि गरेको खबर आएकाले तत्कालका लागी किरा नियन्त्रण गर्न तर्फ ज्ञान केन्द्र लागेको ज्ञान केन्द्रका प्रमुख ढकालले बताउनुभएको छ । फौजि किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाई भइरहेको कार्यालयले जनाएको छ ।
हाललाई केन्द्र सगं भएको ५० हजार बजेटलाई बाँकेको लागी ३० हजारको विषादि खरिद गरी प्रभावित क्षेत्रमा छर्कन पठाइसकिएको र बाकिँ रकम बर्दिया क्षेत्रमा नियन्त्रणका लागी खर्च गरीएको ज्ञान केन्द्रले जनाएको छ ।