धान पसाएन

खगेन्द्र दाहाल -नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित भएका ५ नम्बर प्रदेश सांसद इन्द्र प्रसाद(आईपि) खरेलले लगाएको धान बालि पसाएको छैन । उनले लगाएको गरिमा जात भनिएकोे धान हाल सम्म पनि नपसाउदा चिन्तित बनेका छन ।

गरिमा जातको धानको विउ आफैले खरिद गरेर खेती गरेका सांसद खरेललाई १२५ दिनमा पाक्छ भनेर व्यापारीले विक्रि गरेका थिए । अहिले १५० दिन भन्दा पनि बढि समय पुग्दा पनि धान पसाएको छैन । धान नपसाउदा अर्को बालि लगाउन ढिला हुने चिन्ताले खरेललाई सताएको छ । शुक्रबार कृषि ज्ञान केन्द्रमा आफ्नो धान नपसाएको र व्यापारीले झुक्याएर गरिमा भनेर अरु कुनै जातको धान दिएको भन्दै गुनासो गर्न पुगेका थिए ।

????????????????????????????????????

छिमेकिले अघिल्लो वर्ष गरिमा जातको धान लगाएर राम्रो उत्पादन गरेको देखेका प्रदेश सांसद आईपि खरेलले यस वर्ष आफ्नो खेतमा सोहि जात भनेर लगाएका हुन । गत वर्ष प्रदेश सांसद तथा कृषक खरेलले खेतमा १० क्वीन्टल धान उत्पादन गरी विक्रि गरेका थिए । तर यसपालि धानको उत्पादन सुन्य हुदाँ उनि निकै छटपटिएका छन ।

भारतबाट आउने धान गरिमा जात नेपालमा सुचिकृत छ । खरेलले नेपालमा सुचिकृत भएको भनेर लगाएको तर ठुलो धोका खाएको बताए । खरेलको खेतमा कृषि ज्ञान केन्द्रको प्रावधिक टोलि पुगेर हेर्दा उक्त धान गरिमा जातको नभएको देखिएको जनाएका छन । सांसद खेरलको मात्र नभएर बाँके र बर्दियामा अरु किसानले गरिमा जात भनेर लगाएको धानमा पनि यस्तै समस्या देखा परेको छ । बाँकेमा करिव ५० विगाह र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा ८० त्यस्तै ठाकुरबाबा नगरपालिका क्षेत्रमा ४० विगाह क्षेत्रमा किसानले लगाएको धान पसाएको छैन ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले यो कुनै अरुनै जात हुनुपर्ने र यसको ल्याव परिक्षण पछि मात्र कुन जात हो भनेर पत्ता लगाउन सकिने बताए । प्रमुख ढकालले एक जातको विउलाई अर्को जात भनेर विक्रि गर्ने कम्पनि तथा व्यापारीलाई कारबाहि गरीने बताए । कृषि ज्ञान केन्द्रले तत्काल एक हप्ता सम्म उक्त धान लाई नकाट्न किसानलाई आग्रह गरेको छ । एक हप्ता सम्म कुनै सुधार नआए धान काटि अरु बालि लगाउन किसानलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया