नेपालगन्ज – नेपालगन्जका व्यवसायी स्व अर्जुन खड्काको निधन पछि युनियन लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाले स्व खड्काको परिवारलाई कागजात प्राप्त भएको चार दिनमा नै बिमा दाबी रकम एक करोड भुक्तानी गरेको बताएको छ । शुकवार युनियन लाईफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय तथा शाखा कार्यालय नेपालगन्जमा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताइएको छ ।
स्व अर्जुन खड्काको परिवार समेतको उपस्थिति रहेको कार्यक्रममा युनियन लाईफका प्रदेश प्रमुख नारायण पङ्गेनिले बिमा झन्झटिलो भन्ने हरुको लागि यो एउटा उदाहरण भएको बताएका छन् ।
‘बिमा जोखिम बहन कै लागि हो र यदि केही कारण बस दुर्घटना वा सामान्य तवरबाट पनि बिमितको मृत्यु वा अंगभंग हुन्छ भने पिडित परिवारले साधारण तरिकाले नै बिमाबाट उसले पाउने अधिकार लियोस भन्ने हाम्रो चाहाना हुन्छ । कुनै पनि पीडित दुई चोटि भन्दा धेरै पटक कार्यालय आउनु नपर्ने अवस्था सृजाना होस भन्ने हाम्रो चाहना हो । यो क्षेत्रमा अहिले सम्म ३ वटा बिमा क्लेम आएको र सबै क्लेमहरु आवश्यक डकुमेन्ट जम्मा भएको केही दिनमै भुक्तानी दिइएका छौँ र स्व अर्जुन खड्काको परिवारको हकमा हामिले चार दिनमै भुक्तानी दिएका छौँ ‘ , युनियन लाईफका प्रदेश प्रमुख नारायण पङ्गेनिले बताए ।
जिबन बिमा स्वयम र नितान्त उसको परिवारको लागि हो । कुनै घटना भएमा धोकाधडिको घटनामा बाहेक दाबी भुक्तानिमा कुनै ढिला युनियन लाईफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाका प्रमुख हेमन्त शाहिले बताए ।
स्व अर्जुन खड्काले २०७५ भदौ २७ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाबाट ५० लाखको जीवन बिमा गरेका थिए , करिब ९ महिना पछि २०७६ असार १३ गते उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । कम्पनीले दिएको जानकारी अनुसार उनको परिवारले असार २७ गते सम्पूर्ण आवश्यक कागजात पेश गरेको र ३१ गते एक करोड रकम भुक्तानी गरेको बताएको छ ।
स्व अर्जुन खड्काको दुर्घटनामा मृत्यु पछि इच्छाइएको ब्यक्तिको रुपमा उनका श्रीमती पुनम थापाले एक करोड प्राप्त गरेकी थिइन् । साथै पुनमले बिमा प्रतिको बिश्वासका कारण उक्त रकमले भबिस्यको सुरक्षाका लागी एकल भुक्तानी गरि एक करोडको बिमा समेत गरेकी छिन्। कार्यक्रममा सो बिमा पोलिसी समेत हस्तान्तरण गरिएको थियो । बजारमा सुनिए जस्तो भुक्तानी पाउन कुनै झन्झट नभएको समेत पुनम थापाले बताएकी छिन् ।