नेपालगन्ज – देव बिकास बैंकको ७० औं शाखाको रुपमा रिमझिम बजार शाखाले बुधबार देखि आफ्नो कारोबार सुभारम्भ गरेको छ । नेपाली हरुको महान पर्व वडा दशैको शुभ अवसरमा कारोबार सुभारम्भ गरेको देव बिकास बैंकले खजुरा बजारमा समेत आफ्नो शाखा संचालन गरिसकेको छ ।
बुधबार एक कार्यक्रम गरि कारोबार सुभारम्भ गरेको देव बिकास बैंकको रिमझिम बजार शाखा ७० औं शाखा हो । देव बिकास बैंकले गाउँ-गाउँका दुरदराजमा बैंकिङ सुबिधा उपलब्ध गराउने योजना अनुरुप बाकेको खजुरा गाउँ पालिकाको वडा नम्बर २ को रिमझिम बजारमा शाखा खोलेको रिमझिम शाखाका प्रमुख वीर बहादुर ओलीले बताएका छन् ।
देवको रिमझिममा शाखा खुलेपछि स्थानिय बासिन्दा समेत खुसी भएका छन् । बैंकिङ कारोबारको लागि नेपालगन्जकै भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको समेत जिकिर गरेका छन् । देव बिकास बैंकको रिमझिम शाखाको कारोबार सुभारम्भ तथा वडा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय कार्यालयबाट नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मि बहादुर श्रेष्ठ , क्षेत्रीय प्रबन्धक नेत्रलाल धिताल , नेपालगन्ज न्युरोड शाखाका प्रमुख प्रकाश डाङ्गी , कारकादो शाखाका प्रमुख मोहन चौधरी , कोहलपुर शाखाका प्रमुख प्रेम सिंह चन्द , खजुरा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराई , केन्द्रिय कार्यालयका आइटी बिभागका अनिश हारा , देवका कर्मचारी , वडाका जनप्रतिनिधि , बुद्धिजीवी , ब्यापारी तथा स्थानियबासिको समेत सहभागिता रहेको थियो ।