नेपालगन्ज – नेपालगन्जमा केटीएमको १२५ सिसी ड्युक बाइक ‘लन्च’ गरिएको छ । केटीएमको भेरीका लागि आधिकारिक विक्रेता एच.ओ. अटोका प्रबन्ध निर्देशक गौतम श्रेष्ठ र सम्यक मिडियाका अध्यक्ष झलक गैरेले १२५ सिसी ड्युक बाइक ‘लन्च’ गरेका हुन् ।
‘युवाहरुबीच यो मोटरसाइकल निकै लोकप्रीय छ,’ एच.ओ.का प्रबन्ध निर्देशक गौतम श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘यसको उच्चस्तरको डिजाइन र उच्च गतिको प्रस्तुति क्षमतालाई उनीहरु मन पराउँछन् ।’ बुधवार नेपालगन्जमा लन्च भएको मोटरसाइकलको मुल्य ४ लाख ४९ हजार ९ सय छ ।
५ लाख २४ हजार ९०० मुल्यको २ सय सिसीका ड्युक बाइक बढी बिक्री भइरहेको नेपालगन्जमा नयाँ सेगमेन्टमा आकर्षण बढ्ने श्रेष्ठको अपेक्षा छ । ‘कम सिसी र मुल्य समेत कम भएपछि केटीएम बाइक चढ्ने इच्छा भएकाहरुको रहर पुरा हुने भएको छ,’ एचओ अटोबाट हालसम्म सय वटा ड्युक बाइक बिक्री भइसकेको जानकारी दिंदै श्रेष्ठले भने ।