नेपालगन्ज – त्रिवेणी विकास समाज बाँकेको मंगलवार १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका, वडा नम्बर १४ हवलदारपुरमा सम्पन्न साधारण समाजका अध्यक्ष दरिकला महराले अध्यक्षता गरेकी थिइन भने प्रमुख आतिथ्य जिल्ला सहकारी संघबााकेका अध्यक्ष प्रेम सुवेदीको रहेको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिबेदन तथा प्रगति प्रतिबेदन सहित अहिले सम्म संस्थाले अहिले सम्म गरेको उपलब्धिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले त्रिवेणी विकास समाजले ग्रामिण समुदायका मानिसहरुको स्वास्थ्य, शिक्षा, सरसफाई, आयआर्जन, मानव अधिकार आदि क्षेत्रमा कार्य गर्दै आएको र भविष्यमा अझै समुदायका विविध मुद्धा तथा साझा सवालहरुको पहिचान गरी कार्य गर्न सुभकामना दिएका थिए ।
यसैबीच सोही ठाउँमा मंगलवार नै जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको समेत ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गिता देवी मिश्रको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारीमा भए गरेका गतिबिधि, आर्थिक प्रतिबेदन, प्रगति प्रतिबेदन लगायत प्रस्तुत गरिएका थिए । सहकारीको साधारण सभाको उद्घाटन सहकारीको ७ वटा सिद्धान्त को प्रतिकको रुपमा ७ वटा मैनबत्ती बालेर प्रमुख अतिथि प्रेम सुबेदीले गरेका थिए ।
साधारण सभामा बोल्ने वक्ता सहभागीहरुले सहकारीतामा जोड दिनुको साथै हाल सहकारीले गाउँगाउँ मात्रै नभएर घरघर सम्म सहकारी अभियानले विकासकार्यमा सहयोग पुरयाएकोे कुरा औँल्याएका थिए ।
सहकारीले आम नागरिक लगायत बिपन्न परिवारहरुको आर्थिक स्तर उकास्न महत्वपुर्ण योगदान गर्दै आइरहेकोले सहकारीहरुलाई सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । त्रिवेणी विकास समाज र जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको संयुक्त रुपमा गरिएको साधारण सभामा ५ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रममा माधव खत्री, भानु भक्त भट्टराई, दयाराम विक, राम लौटन यादव ,सुरेश गौतम र अमर बहादुर ऐर लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभाबाट नया संचालक समिति चयन गरिएको छ । कुम बहादुर पुनको अध्यषतामा गठित समितिको उपाध्यक्षमा गीता यादव, कोषाध्यक्षमा सुशिला घर्ती, सचिवमा पतिराम थारु तथा सहसचिवमा लक्ष्मी यादव चयन भएका छन भने सदस्यहरुमा कालुराम पाण्डे, श्रीराम जैसी, मगतु थारु तथा हरिराम हरिजन रहेका छन् ।