वित्तीय साक्षरता

नेपालगन्ज – सोमबार नेपालगन्जका ब्यवसायीहरुका लागि बित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । सनराइज बैंकको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सनराइज बैंकको १२ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सनराइज बैंकका अभिशेक श्रेष्ठले नेपालको कर प्रणाली, ब्यवसाय सञ्चालन प्रक्रिया, बैंकिङ्ग पूँजी कारोबार, ब्यवसायीले आर्थिक कारोवामा ध्यान दिनुपर्ने कुरा लगायतको विषयमा सहजिकरण गरेका थिए ।

बित्तीय कारोवार गर्दा आम नागरिक तथा ब्यवसायीहरुले भोग्नुपर्ने समस्यालाई कम गर्ने र बित्तीय सचेताना अभिवृद्धी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जलाई बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका उद्योगी, ब्यपारी, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले कहिलेकाहीँ ब्यवसायीहरुलाई सामान्य विषयमा समेत जानकारी नहुँदा ठुलो समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुने गरेको बताए । आम नागरिकहरुलाई बित्तीय साक्षरताको आवश्यकता रहेको बताउँदै यस्ता कार्यक्रम गाउँगाउँ सम्म लिनुपर्ने धारणा राखे ।

कार्यक्रमका सहभागीहरुले ब्यवसाय क्षेत्र तथा बैंकिङ्ग कारोवार गर्दाका समस्याहरु राखेका थिए । सनराइज बैंकका प्रबन्धक अर्जुन अर्यालले सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया