मञ्चको नगर स्तरीय समिति

नेपालगन्ज – उपमहानगरस्तरमा उपभोक्तालाई सचेत गराई उपभोक्ता अधिकारको वकालत गर्ने उद्देश्यले अधिकारकर्मी सुरेन्द्रदिप कार्कीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च नेपालको नेपालगन्ज उपमहानगरपालीका स्तरीय समिति गठन गरिएको छ ।

उपभोक्ता हित संरक्षण मन्च नेपालका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमको उपस्थितिमा बुधवार उपमहानगरस्तरीय समिति गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा पत्रकार निशु जोशी, सचिवमा अधिकारकर्मी विनोद पाण्डे र कोषाध्यक्षमा शिक्षिका कृष्णा पाण्डे चयन भएका छन् । त्यस्तै सदस्यमा रतिलाल पराजुली, लक्ष्मि ज्ञवाली र घनश्याम आचार्य चयन भएका छन् । समितिले खाद्य तथा उपभोक्ताको हकहितको क्षेत्रमा स्वयंसेवकका रुपमा काम गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

नेपालको संबिधानले मौलिक हकको रुपमा उपभोक्ताको अधिकारको ब्यवस्था गरे पनि उपभोक्ताहरु ठगिनु परेको र गुणस्तरिय वस्त तथा सेवा प्राप्त गर्न नसकीरहेको परिप्रेक्ष्यमा नवगठित समितिले उपभोक्तालाई सचेत गराउँदै उपभोक्ताको अधिकारको पक्षमा वकालत गर्ने नवगठित समिति सक्षम हुने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताए ।

नेपालगन्जमा दुग्ध उत्पादनको क्षेत्रमा बेथिति रहेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका बाँके सचिव प्रभात कुमार ठकुरीले शुद्धिकरण गरिएको दुध उपभोग गर्नु पर्नेमा जोड दिए । सचेतनाको अभावका कारण शिक्षित व्यक्तिहरुले समेत शुद्धिकरण नगरिएको दुध उपभोग गरीरहेकाले सचेतिकरणका कार्यक्रमलाई तिव्रता दिन नव गठित समितिलाई सुझाव दिए । नेपालगन्जमा आधा दर्जन डेरीहरुले मात्रै दुध शुद्धिकरण गर्ने गरेको पाइएको छ ।

नव गठित उपमहानगरस्तरिय समितिले नजिकिदो चाडवाडमा उपभोक्ता ठगिने र बजारमा गुणस्तरहित बस्तु तथा सेवा बिक्री बितरण हुने कुरामा उपभोक्ता सचेत हुनु पर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया