एफटिटिएच सेवा विस्तारमा आक्रामक बन्दै नेपाल टेलिकम

नेपालगन्ज – नेपाल टेलिकमको दुरसंचार कार्यालय नेपालगंजले आफ्नो क्षेत्र अन्तर्गत बिभिन्न स्थानमा फाइबर टु दि होम ( एफटिटिएच ) प्रविधिबाट उच्च गतिको भ्वाइस सहितको अनलिमिटेड ईन्टरनेट सेवा बिस्तार कार्यलाई आक्रमक रुपमा अगाडी बढाइ रहेको बेला एफटिटिएच सेवामा नै थप हूने गरी आईपिटिभी सहितको सूविधा पनि उपलब्ध गराउने गरी केन्द्रीय स्तरबाट कार्य अगाडी बढी सकेको जनाएको छ ।

कार्यालयले यस आ.व.को द्दुई महिनाको अवधिमा एफटिटिएच सेवामा ३०० भन्दा बढी ग्रँहकहरुमाझ आफ्नो सेवा पुर्‍याई सकेको छ भने हाल यो सेवा नेपालगंजको भृकुटीनगर , बसपार्क आसपासका क्षेत्र , कारकांदो , पूष्पलाल चोक, राझा एयरपोर्ट र कोहलपूरका केही स्थानहरुमा समेत विस्तार गरिसकेको सुचना अधिकारी सहायक लेखा अधिकृत मूक्तीनाथ ज्ञावालीले बताएका छन् ।

एफटिटिएच प्रविधिको ईन्टरनेट सेवा लिन ग्राहकहरु समेत इच्छुक रहेको र सेवा बिस्तार नभएको स्थानहरुका ग्राहक समेत दैनिक जसो कार्यालयमा आएर सेवा बिस्तारका लागि अनुरोध गर्ने सेवाग्राहीको संख्या समेत ठूलो रहेको निमित्त कार्यालय प्रमुख लाल बहादुर बिष्टले बताउनुभयो ।

‘यो सेवा लिन ग्रँहकहरु असाध्यै इच्छुक रहेका छन् , सेवा विस्तार नभएको ठाउँमा अबिलम्ब विस्तार गरी सेवा उपलब्ध गराउन दैनिक जसो ग्रँहकहरु कार्यालयमा आउने गरेका छन् । नेपाल टेलिकमको यो सेवालाई नेपालगंजको सबै क्षेत्रहरुमा विस्तार गरी सेवा उपलब्ध गराउने योजना अनुरुप निकट भविष्यमा नै सेवा बिस्तार गर्ने क्रममा रहेका छौँ , प्रमुख बिष्टले बताए।

हाल कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउदै आएको छ । जसमध्ये बार्सिक ८ हजारमा ८ एमबिपिएसको प्याकेज ग्राहकले सबै भन्दा बढी मन पराएको सुचना अधिकारी सहायक लेखा अधिकृत मूक्तीनाथ ज्ञावालीले बताए । जसमा सय मिटर सम्म अप्टिकल फाइबर केबुल र सिपिए निशुल्क कम्पनीले उपलब्ध गराउने ज्ञावालीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया