लेवल नभएका बस्तुको बिगबिगी

नेपालगन्ज – चाडवाडको लागि बजारमा सामान किन्ने सुरसारमा हुनुहुन्छ भने तपाई त्यस्तो सामानको लेवल र गुणस्तर हेर्न नभुल्नु होला । नत्र तपाई म्याद नाघेका र गुणस्तरहिन बस्तुमा ठगिुन होला ।
बजार अनुगमनका क्रममा नेपालगन्जको बजारमा लेवल नभएका खाद्य बस्तुहरु बिक्री बितरणको लागि राखेको पाइएकोले उपभोक्ताहरु सचेत बन्नु पर्ने देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यक्षको नेतृत्वमा गरिएको मंगलवार मनियाकापुर राझा क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा चामल लगायतका खाद्य बस्तुमा लेवलिङ्ग नगरी बिक्री बितरणका लागि राखेको पाइएकोे अनुगमनमा संलग्न बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । बजार अनुगमनका क्रममा केही सामानमा प्रष्ट लेवल नभएको, नापतौल प्रमाण नभएको, मुल्य सुचि राखेको नपाइएको पौडेलले बताए ।
चाडवाडका बेला बजारमा म्याद नाघेका, उपभोग्य मिति नखुलेका, लेवल नभएका र गुणस्तरहिन सामान बिक्रि बितरण हुन सक्ने भएकाले यस्तो कुरामा उपभोक्ता सचेत बन्नु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताए ।

सहायक प्रजिअ उपाध्यायको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्याल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरिक्षक नेत्राबोगटी, जिल्ला प्रशासन कार्यालयका नासु महेश्वर प्रसाद पौडेल, वडा प्रहरी कार्यालय नेपालगंजका प्रसनी राम बिलास यादव लगायतको सहभागिता रहेको थियो । बिभिन्न कार्यालयसंगको समन्वयमा अव निमित बजार अनुगमन गरिने र उपभोक्ताको हित बिपरित ब्यवसाय गर्नेलाई कानून बमोजिम कडा कारवाही हुने सहायक प्रजिअ कृष्णकान्त उपाध्यायले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया